असारको महिना मंसिर कसरी होला?

 सुर्खेतको तल्लो भेग इटौरामा एउटा ठूलो थारु बस्ती थियो। त्यस थारु बस्तीमा लगभग ३२ घरधुरिमा ३५० जना थारुहरु बस्थे। उनिहरु खोलामा माछा मार्ने, सखिया नृत्य गर्ने अट्टुवारी मनाउने र माघी मेला मनाउने गर्थे।


थारु समुदायका अधिकाङ्स घरधुरी पहाडी बस्तिका मनिसहरुको खेतमा बटैया लगाएर आफ्नो रोजगार चलाउँथे। दिन भरी काम गर्यो र थकित अबस्थामा घर पुगेर जाँड खानु र आराम गर्नु उनिहरुको दिनचर्या नै  थियो। तर त्यसै परिश्रमी बस्तिमा कुरा बढि र काम कम गर्ने भगुवा थारु पनि थियो।


 भगुवा थारु त्यसै थारु बस्तिको पुर्ब मुखियाँको एक्लो छोरो थियो। उनिहरुको त्यस बस्तिमा अन्य थारुहरु मध्य सबै भन्दा धेरै जग्गा-जमिन थियो।अरुको बटैया नगेरेर बस्ने भगुवा थारुको घर एक मात्र थारु घर थियो। भगुवा थरुका ३ श्रीमती थिय। अनि तिनै ३ श्रीमती बाट उस्का ६ सन्तान थिय। 


भगुवालाई आफू धनी भएकोमा निकै दम्भ थियो। उ हरेक बिहान २ जना अरु लठियात लिएर बयल गाढामा बसि गाउँ डुल्थ्यो। उस्को सम्पती अरु       थारुहरुको भन्दा धेरै भए पनि सम्पत्तिको थुप्रोमा भित्र भित्र  धमिरो लागि सकेको थियो।


पहाडी बस्तीको चिम्से खत्री सङ भगुवाको राम्रो सम्बन्ध थियो। भगुवा र चिम्से दुबै स्त्री लम्पट थिए। धेरै स्त्रीहरु बोलएर हरेक रात नाचगान गर्नु, बिदेशी रक्सी पिउनु र बक्सिस स्वरुप पैसा बाढ्दै हिड्नु उनिहरुको सौख नै थियो। चिम्से खत्री अल्लि चतुर किसिमको मानिस थियो। उ ५ भाग आफ्नो खर्च गरे ५० भाग भगुवाको खर्च गराउथ्यो। ।


भगुवाको घरका सदस्यलाई यो कुरा थाहा भएर उनिहरुले  पहिले नै धेरै पटक भगुवालाई सम्झाएका पनि थिय तर भगुवा निकै आटेरी किसिमको थियो उ ती कुरा कहिल्यै पनि मनन् गर्न चाहदैन्थ्यो।उनिहरुको सम्बन्धको बारेमा बडघरमा समेत बेला बेलामा कुरा उठ्ने गर्थे। तर पनि उस्ले आफ्नो पुर्खेउली सम्पतीको  आधा अन्श बेचेर चिम्से खत्रीसङ कै समझदारीमा नेपालगन्ज तिर  ३ बिगा जमिन किनेको थियो।  भगुवाका माता-पितालाई यो कुरा त्यति पचेको थिएन।


एकदिनको कुरो हो भगुवाले खुनको उल्टि गर्यो । घरमा सबै जना आत्तिए तर भगुवा भने सामान्य ठान्दै आफ्नै दिन्चर्यामा फर्कियो। केही दिन पछि फेरि एक रात भगुवाले खुनको उल्टि गर्यो त्यस्पछी उ सिकिस्त भयो। केही दिन बैध्यलाई देखाए पनि उ निको भएन।

गाउँका अन्य मानिसहरुको सल्लाहमा भगुवालाई लखनउ लाने सल्लाह भयो। भारतको ठाउँमा धेरै पैसा चाहिने भएकाले चिम्से र भगुवाको नाममा भएको नेपाल्गन्जको जमिन बेच्ने निर्णय गरियो । नेपालगन्जको जमिन बेचेर पैसा ल्याउने भन्दै बसेको चिम्से त्यस्पछी कता हरायो कता कहिल्यै भेटिएन।


लखनउ जाँदा खर्च भएको सबै पैसाको रिन उस्को परिवारले भएको जग्गा बेचेर तिर्यो त्यसपछि भगुवा को परिवार सङ खास्सै पैसा रहेन। उस्का ३ वटि श्रीमती कसैको मेला कसैको पर्ममा हात बटाउदै जिबिको पार्जन गर्न लगे। भगुवा पनि निको हुनिजेल घरमै आराम गर्न थाल्यो।


तर मानिसको जीवन भन्या जस्तो सहज कहाँ पो हुन्छ 

र? आजभोलि आफ्नो खेतजग्गाको धानले मात्र परिवार न पालिने भएकाले भगुवा अरु अरु को खेतमा आलि लगाउन जान्छ;आलि लगाउछ , खेतमा गोरु डोराउछ ।  उसलाई उस्को कालो इतिहासले गिज्जाइ  रहन्छ। उस्ले सम्झन्छ ती रमाइला रात, त्यो उज्ज्यालो त्यो सुबिधा रौनक अनि उस्ले गरेको मौज मस्ती।


भर्खरै जन्मेको छोरोको रुवाइले भगुवा झस्किन्छ।भगुवा रुदै गरेको बालक च्यापेर रोपाइँ गरिरहेकी  कान्छी श्रीमती हेर्छ;उसैका नजिक बिउ बान्दै गरेका अरु दुई श्रीमती हेर्छ; घरमा खाना नभएर रोपाइँको अर्नि खान आएका अरु पाँच छोरा छोरी हेर्छ र थकित अबस्थामा भर्खरै लाएको आलि माथी बस्दै एकगिलास जाँड पिउदैँ माथको पसिना गम्छाले पुछ्दै  सोच्छ आखिर असारको महिना मंसिर कसरी होला?

Post a Comment

2 Comments