Nepali poem
हरेक दिन बिहान
सुर्यको लाली बन्न पाउँ
साँझमा लाली अस्ताउदा
आस्थाको दियो जल्न पाउँ
सकिन्छ तेल दियोमा
बलुन्जेल कान्ति छर्न पाउँ
धेरै नै देखे सपना
२-४ साकार गर्न पाउँ
भेटिन्छ आखिर दोषगुण;चन्द्रमा अनि सुर्यमा
सबै थोक सहि बसेको पृथ्वी एउटा बन्न पाउँ
देखिन्छ आखिर सत्कर्म; धुरिले पाप कराउँछ
पापको घडा भित्रको दुई थोपा अमृत बन्न पाउँ
गाइगुइ सुनियो; बलेको दियो निभेर
दियो निभेर गएनि; चम्किलो आस्था बन्न पाउँ
हरेक दिन बिहान
सुर्यको लाली बन्न पाउँ
साँझमा लाली अस्ताउदा
आस्थाको दियो जल्न पाउँ ।।
4 Comments
Ramro
ReplyDeletesimple and sweet as it is always
ReplyDeleteRamro xa
ReplyDelete❤️❤️
ReplyDelete