नेपाली हांँस्य कविता

 हत्तेरिका 


हेरे उसलाई आँखा जुध्यो

मुटु धड्क्यो थत्तेरिका

बोल्न खोजे शब्दै आएन

चुपचाप बसे हत्तेरिका


उनी पनि बाठी रैछन 

नजर झुकाइन थत्तेरिका

जादाजादै नाम सोधिन् 

नम्बर लगिन हत्तेरिका


साँझपख msg आयो 

खाना खाएउ मेरो राजा

म त सोझो मख्ख परे 

निद्र उड्यो हत्तेरिका


बिहानै बेलकै आउन थाल्यो 

Call र msg धत्तेरिका

राजा बाट बाजा बने 

wallet रित्त्यो हत्तेरिका


माखा को भुटुन भुट्ने उसलाई 

अब चिया रुच्नै छाड्यो 

cappuccino चाहियो अरे 

लुट्नु लुटि हत्तेरिका


Shopping जाम न भन्न  उस्लाइ आए हुनि औंसि

कहिले काहीँ त Bar जाम भनी चढाइ हाल्ने रौसी 

पहिले पहिले भन्थी साकु माया छोडे के पाइयो 

हेर्दा हेर्दै कुर्ता सुर्वाल- one piece चाहियो हत्तेरिका


२-४ बर्स  खेलाइ रोटे पिङ 

चक्कर लाग्यो धत्तेरिका

सातै जन्म तिम्रो भन्थी 

  पोइल गैछे हत्तेरिका 


धेरै पछि भेट भयो 

मोटि भैछे धत्तेरिका

बाबा बनाउने कसम खान्थी 

मामा बनाइछे हत्तेरिका


उस्को मेरो clear थियो 

एउटा छोरा एउटि छोरी 

मनमा इच्छा धेरै रैछ 

५ वटा पाइछ हत्तेरिका


लोभी पहिलै बाट थि 

सुक्को देखे सुकिजाम 

भान्जालाई भनी चक्लेट किनाइ 

बाटो लागि हत्तेरिका ।।

Post a Comment

1 Comments