नेपाल जानू थियो!(कविता)

घाम झुल्किएको छैन 

औशीको रात; उष्णताको प्रकोपबिच

एक बहादुर 

कालो भादगाउँले टोपीमा 

आफ्नो ईमान बचाउदै 

हिडिरहेछ,सोध्दै"साबजि नेपाल जाने बाटो किदर है?"


र आफ्नै अगाडि उभिएको -बहादुरलाई 

एकटक हेरिरहन्छ्न्- उसैले टल्काएका सेठ्का बुटहरु

जस्ले गरिरहेछन् क्षितिज पारी सम्मको इसारा 

मानौँ बहादुरले बाटो होइन बिद्रोह खोजेको हो


तर पनि हिडिरहेछ 

बहादुर इसारालाई अनुबाद गरेर 

उ हिडिरहेछ 

कालान्तर; स्वैच्छिक अनुबाद गरेर 

सायद त्यसैले आजसम्म 

उस्ले भेटेको छ केवल इसाराहरु 

जो कहिल्यै साहारा बन्न सकेनन् 


लामो दुरि तरेपछी 

बहादुर कालो पहाड पुगेको छ 

जहाँ देखि पर पर सम्म  कोहि बहादुरले माजो लामो गरि चङ्गा उडाएका छैन

अनि कोहि बहादुरले डाडोबाट चिचाएको पनि सुनिएको छैन


सुनिएको छ त केबल बहादुरका टोपि लिलाम गर्ने भुस्तिग्रेको "गोलि मार्दुङा" वाला जबानि 

अनि मनमानि

जस्ले बर्सेनि बहादुरको टोपिसङै बहादुरलाई लिलामिमा सुताइरहेको छ 

र बढाई रहेछ आफ्नो अजङ्गको शरीर


बिडम्बना आजसम्म अबोधगम्य बहादुरले 

बुझ्न सकेन दुष्टचरित्र 

उ नतमस्तक चेतनामा कम्पन ल्याउन सकेन 

बैरी खेली रह्यो डन्डी बियो; एरि दोरि गर्दै हजारौं हडपी लियो 

बहादुर गाइ रह्यो बिरह गीत "नेपाल जानू थियो"!                                                                                                              

Post a Comment

1 Comments