कलियुगकी राधा

 


तिमी सजिएकी छौ

फुलबुट्टे सारिमा

सप्कोले लाजसंगै

कृष्णको स्पर्शले भरिएको माथ छोपेर


म परबाटै नियाल्दै छु

कृष्णको नामले धड्किरहेको मन

"कृष्ण कृष्ण" मात्रै फड्किरहेको जिब्रो

"राधे राधे" सुन्दै बढिरहेको श्वास


सत्ययुगमा भएकी भए म जस्ता हजारौंलाई

प्रेममा लिप्त कृष्ण बनाउँथेउ होला

कलियुगमा आयौ सय मध्यको 

म एकलाई कवि बनयौँ


सत्ययुगमा भएकी भए म जस्ता हजारौंलाई

त्यागमा छल्किएको प्रेम देखाउँथ्यौँ होला

कलियुगमा आयौ हजार मध्यको 

कसैलाई पनि त्यागमा धृणा बाहेक पनि केही हुन्छ देखाउनै सकिनौँ


तिमी गलत युगमा आइछौ

सत्य युगमा भएकी भए कृष्णले तिम्रो शिरमा मट्की फुटाउँथे

कलियुगमा आइछौ

कृष्ण बन्न खोज्नेहरुले निहुँमा एसिडको बोटल फुटाउँछ्न्


तिमी गलत युगमा आइछौ

सत्य युगमा भएकी भए नन्दबाबा यशोधाले छोरी जस्तै आडमा बसाउँथे

कलियुगमा आइछौ

दहि भर्ने मट्का नल्याएको निहुँमा आगो लगाउँछन् 


हो रंग लगाउँथे होला तिमिलाई

सत्ययुगमा भएकी भए

कलियुगमा आइछौ

रातो राम्रो भन्नेले पनि , उ पर भन्दै छाउगोठ देखाउँछन् 


तिमी कलियुगकी राधा हौ

भेटियौ, हाम्रो सौभाग्य हुनुपर्छ 

कृष्णहरु त सुस्केरा हालिरहन्छन् 

चोक चोक ,गल्ली गल्लिहरुमा 

         मधुर ध्वनि सुसेल्ने कृष्ण त राधाको मनमा हुनुपर्छ।

                                                राधे राधे!!                        

Post a Comment

0 Comments