जनै चाबी! -लघुकथा


वेदनिधी सचिव भएर भर्खरै दुई हप्ता अघि गाउँ पसे, हुन त उनि गाउँका लागि नयाँ अनुहार पनि होइनन्! वेधनिधी, पहिलो पटक गाउँसम्म कसरी कहाँ बाट आइपुगे त्यो त उनलाई मात्रै थाहा छ तर गाउँका बुढापाकाका अनुसार पहिले कहिल्यै एक जना रजौटेको सुसारेका रुपमा गाउँ छिरेका उनी आफ्नो बोलेरै रिजाउन सक्ने कलाका भरमा गाउँमा टिकेका हुन्।

बोलिले नै रिजाएर प्रधान पञ्चकि छोरी सरिता भगाएका उनले, सरिताले नै ल्याएको मडरी र नाके बुलाकी बेचेर घर र बेंसीमा ४ आना जग्गा जोडे। छोरिले दु:ख पाउनी भै भन्दै प्रधान पञ्चले नै राजा समक्ष बिन्ती चढाएर वेदनिधी सचिव सिफारिस भएका हुन् भन्ने गाइगुई पनि नचलेको भने होइन तर पनि वेदनिधी कालो भादगाउँले टोपि, जुम्ली कोट र जुत्तामा सजिएर सचिवको काम गर्दा चाहिँ गाउँलेहरु पनि आफ्नै बलमा आएका हुन् कि भनेर सोच्न बाँध्य हुन्छन्।

सचिव भए पछि वेदनिधीले गाउँ सभामा पनि बेला बखत भाषण दिंदै आइरहेका छ्न्। पहिले कहिल्यै श्रीमतीलाई त्यत्ति महत्त्व नदिने उनले आफैँले गाउँ सभामा महिला सहभागीता र सशक्तीकरणबारे भाषाण दिन थाले पछि भने अलि माया देखाउन थालेका छ्न् ।आज भोलि त दफ्तरबाट फर्किन ढिलो भए खाना खाई हाल्न खबर पठाउछ्न् अरे!

उ बेला बेचेको श्रीमतिको मडरी र फुलि पनि उनले फिर्ता ल्याइसके तर पनि माइत जाने सारी र खर्च झिकाउन घरको ठूलो सन्दुक खोल्न सरिता अझैँ पनि वेदनिधी दफ्तरबाट फर्कुनजेल कुर्छिन, 

गाउँ सभामा हांकेको गफका आधारमा आफू अघि नै खान दिए पनि महिला पुरुष बराबरिता र समानताको  धज्जी बेधनिधिको जनैमा बाँधिएको सन्दुकको चाबिले बर्षौ देखि हाम्रो समाजमा उडाइरहेको छ!

Post a Comment

0 Comments