Nepali poem
तिमी भन्छौ मलाई
कवि कविता लेख
कवि त शब्दका धनी हुन्छन् ,
त्यसैले सुर्य लालिको कविता लेख,बर्षौ सम्म पनि छाउन नसकेको घरको पालीको कविता लेख
कवि त गीति स्वादका धनी हुन्छन् ,
त्यसैले प्रितका कविता लेख,
कोकिलका कविता लेख
बुलबुलका कविता लेख!
तर
मिर्मिरेमा उदाउँदै गरेको सुर्यलाई, बद्नाम गर्न ;
रात भरी जागी रहेका लाटोकोसेरोहरुको
कविता
म लाली सङै जोडेर कसरि लेख्न सकुँ?
अनि कसरी लेख्न सकुँ
पाली छाउने रहर चुहाएर ;दुधे बालकलाई लाम्टा चुसाउन स्वदेशीएको परदेशि बाउको कविता
मन नपरेकै अनुहार वा
मन नपरेकै पहिरनमा
तिरस्कृत आत्माहरु; आस्तित्व खोज्न भड्किरहेको बेला
तिमी नै भन प्रियसी!
प्रितका कविता म कसरी लेख्न सकुँ।
आँखै अगाडि बलत्कृत बहिनिको आँसुले माटो सुक्न नपाउदै
अन्धकारमा जेलिएको परिवारको शोक छाडि
ए मालिक!
म कोकिलको कविता कसरी लेख्न सकुँ?
सन्त्रासै सन्त्रासले घेरिएर
दुई मुठी सास घिटिक घिटिक गर्दै
यो मृत्युुको दोहोरीमा; टुक्का गास्न छाडी
ए मालिक!
म बुलबुलको कविता कसरी लेख्न सकुँ?
तर पनि तिमी भनी रहेछौ; कवि कविता लेख !
4 Comments
nice picture
ReplyDeleteGreat...
ReplyDeleteJust wow❤️
ReplyDeleteSamaya sandarvik
ReplyDelete