तिमीसँग बोल्न पो आवाज चाहिन्छ
तिमी भन्छ्यौ मनमर्जी जत्ती हेरेनी हुन्छ!
पराइको ऐना सधैँ हेर्न कहाँ पाइन्छ?
माया स्वयम्लाई गर धेरैले भने सुनिन
अर्कैलाई माया गर्न त सास पनि खास चाहिन्छ
तिमी भन्छ्यौ मनमर्जी जत्ती हेरेनी हुन्छ!
पराइको ऐना सधैँ हेर्न कहाँ पाइन्छ?
सायद उ सङ केही भिन्नै थियो होला
मैले बुझेको त माया गर्न मुटु चाहिन्छ
तिमी भन्छ्यौ मनमर्जी जत्ती हेरेनी हुन्छ!
पराइको ऐना सधैँ हेर्न कहाँ पाइन्छ?
अर्कैकी ऐना तिमिलाइँ कत्ती हेरि राख्नु
आफ्नै ऐना हेर्न त श्रृङ्गार पटार चाहिन्छ
तिमी भन्छ्यौ मनमर्जी जत्ती हेरेनी हुन्छ!
पराइको ऐना सधैँ हेर्न कहाँ पाइन्छ?
त्यसैले म भन्छु अलिक कम देखियौ म सङ
कसैसङ देखिँदा मलाई जुधेको नजर चाहिन्छ ।।
तिम्रा तस्बिरहरुसङ सधैँ बोलिरहेकै हुन्छु
तिमीसँग बोल्न पो आवाज चाहिन्छ
तिमी भन्छ्यौ मनमर्जी जत्ती हेरेनी हुन्छ!
पराइको ऐना सधैँ हेर्न कहाँ पाइन्छ?

0 Comments