इजहारहिन प्रेम.......

 


भट्टी पसलेहरुलाइ लट्ठ 

अनि मौसमबिद हरुलाइ निथ्रुक्क पारि

उ त्यो कुनामा छुट्टै सन्सार सजाइ 

एक जवान जवानिले छोयदेखी एक पत्रमा हरयको छ


त्यो पत्र उस्ले हेरेर हराउन थलेको 

आज पुरै 1 बर्श भएछ

सरकारी कार्यलयमा थन्कियेको File झै

थन्किएको छ उस्को पत्र मुटुभित्र Draft बनेर


त्यो जवानलाई जवानिले छोएदेखीको

उस्को पहिलो पत्र हो यो 

यो पत्र जवानले न जलाउन सक्छ

न त पत्र दिएरै नयाँ सम्बन्ध फलाउन सक्छ

किनकी जवानले जमेरै गरिरहेको छ इजहारहिन प्रेम


अरु केहि नसोची 

केबल उन्को मुस्कानमा लालाहित जवान 

उनका सारा फोटा हेर्छ

नियाल्छ अनि बोल्छ

उन्कै मुस्कानसङ ताल मिलाउन आफू पनि हास्छ

किनकी जवानले जमेरै गरिरहेको छ इजहारहिन प्रेम


हरेक फोटोमा केही नयाँ देख्ने यो जवान 

फोटो LIKE गर्छ फोटो REACT गर्छ

तर गर्न सक्दैन मन खोलेर एउटा 

माया रुपि COMMENT 

तेसैले त  ७ दिन्मा ७०० चोटि MESSAGE लाई सेन्ड नगर्दै बाउडियेकाछ्न उस्का औला


जवानलाई उनलाई केही भन्न नसेकोमा आफै माथी रिश उठ्छ

अनि अर्कै कोहि सङै देखे आरेश उठ्छ 

जवानलाई जवानी लागेदेखी एकोहोरो उन्लाइ नै हेरिरहेछ

किनकी जवानले जमेरै गरिरहेको छ इजहारहिन प्रेम


जवान आज हतउत्साहित  छ

किन्की उस्ले सोच्न थेलेको छ 

इजहारहिन प्रेमको परिणाम

तर फेरि सोच्छ 

आज सम्म चित्र  हेरेर बाचियो 

अब बिचित्र भएर हासिनेछ

किनकी जवानले जमेरै गरिरहेको छ इजहारहिन प्रेम।।                  


Post a Comment

0 Comments